
सुर्खेत । पिपलबोट सहकारी संस्थाको कारोबार २७ करोड नाघेको छ । आर्थिक वर्ष २०८१/०८२ मा सहकारीले कुल २७ करोड ४८ लाख बराबरको कारोबार गरेको हो । सहकारीको शनिबार सम्पन्न वार्षिक साधारण सभामा यस्तो जानकारी दिइएको हो ।
कुल २ हजार ९ सय ४१ जना शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा मात्रै कुल २ करोड ५१ लाख आम्दानी गरेको छ । सोही आर्थिक वर्ष मात्रै ३२ लाख ८८ हजार खुद नाफा/बचत गरेको सहकारीले विभिन्न क्षेत्रमा गरी कुल१७ करोड ७९ लाख रुपैयाँ ऋण लगानी गरेको छ । कुल २१ करोड ८ लाख बचत निक्षेप रहेको सहकारीले आर्थिक वर्ष २०८२/०८३ मा कुल कारोबार, ऋण लगानी र सदस्य संख्या पनि थप गर्ने उद्देश्य राखेको छ ।

वार्षिक साधारणसभामा सहकारीले ७० वर्ष उमेर पुगेका ३५ जना जेष्ठ शेयर सदस्यसहित कुल ३९ जना शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो । सहकारीका ऋण सहायक पुजा लम्साललाई आर्थिक वर्ष २०८१/०८२ को उत्कृष्ठ कर्मचारीको रुपमा सम्मान गरेको थियो ।

साधारणसभाले बल बहादुर सार्कीलाई पुन अध्यक्षमा निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा मनिराम भण्डारी, सचिवमा गणेशमान खनाल, कोषाध्यक्षमा अशोक कुमार गाहामगर र सदस्यहरुमा खड्कबहादुर सार्की, दिनेश पंगाली, सरिता बुढाथोकी, तारा बिष्ट र बिष्णु प्रसाद चपाई निर्वाचि भएका छन् । त्यस्तै सहकारीको लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा खेमराज रावत, सदस्यहरुमा किरण किशोर सापकोटा र पुष्पा पौडेल निर्विरोध निर्वाचित गरेको छ । सञ्चालक समिति र लेखा समितिको कार्यकाल चार वर्ष हुने छ ।
प्रतिक्रिया दिनुहोस्