
सुर्खेत । पिपलबोट सहकारी संस्थाको अध्यक्षमा पुनः बल बहादुर सार्की निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको २३ औँ वार्षिक साधारणसभाबाट पुनः उनि अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि पनि संस्थाको अध्यक्ष थिए ।
शनिबार भएको वार्षिक साधारण सभाले सहकारीको उपाध्यक्षमा मनिराम भण्डारीलाई निर्वाचित गरेको छ । त्यस्तै सहकारीको सचिवमा गणेशमान खनाल, कोषाध्यक्षमा अशोक कुमार गाहामगर र सदस्यहरुमा खड्कबहादुर सार्की, दिनेश पंगाली, सरिता बुढाथोकी, तारा बिष्ट र बिष्णु प्रसाद चपाई निर्वाचि भएका छन् ।
त्यस्तै सहकारीको लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा खेमराज रावत, सदस्यहरुमा किरण किशोर सापकोटा र पुष्पा पौडेल निर्विरोध निर्वाचित गरेको छ । सञ्चालक समिति र लेखा समितिको कार्यकाल चार वर्ष हुने छ ।
प्रकाशित मिति : २०८२ पुस ५ गते शनिबार
प्रतिक्रिया दिनुहोस्