
सुर्खेत । सुर्खेतको पिपलबोट सहकारी संस्थाले ३९ जना शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । शनिबार सम्पन्न सहकारीको २३ औँ वार्षिक साधारणसभा विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

सम्मानित हुनेहरुमा जेष्ठ सदस्यहरु सबैभन्दा बढी छन् । सहकारीले ७० वर्ष उमेर पुगेका ३५ जना जेष्ठ शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको हो ।
त्यस्तै ऋण सहायक पुजा लम्साललाई आर्थिक वर्ष २०८१÷०८२ को उत्कृष्ठ कर्मचारीको रुपमा सम्मान गरेको छ ।

वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख निलकण्ठ खनालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारण सभामा अध्यक्ष बलबहादुर सार्कीले सहकारीको वार्षिक र प्रस्तावित प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै कोषाध्यक्ष खेमराज रावतले आर्थिक प्रतिवेदन तथा आगामी बर्षको बजेट डिल्लीराम लम्सालले आन्तरिक लेखापरिक्षण प्रतिवेदन र मनिराम भण्डारीले ऋण उपसमितिको प्रगति प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्