२०८३ वैशाख ६ , आइतबार

खेलकुद परिषदको सदस्य सचिव बन्न २१ जनाकाे प्रतिस्पर्धा



सुर्खेत । कर्णाली प्रदेश खेलकुद परिषदको रिक्त सदस्य सचिव पदका लागि २१ जनाले दरखास्त दिएका छन्। परिषदको नेतृत्व सम्हाल्ने जिम्मेवारी कसले पाउने भन्ने विषयमा खेलकुद क्षेत्रभित्र चासो बढेको छ।

सदस्य सचिव पदका लागि दरखास्त दिनेहरूमा चेतनराज गिरी, हेमा खड्का, प्रमोद हमाल, प्रभात थापा, दिलिप बस्याल, घनश्याम पाण्डे, जगतप्रसाद रिजाल, केशरबहादुर रोकाया, टंकप्रसाद गैरे, पंखबहादुर मल्ल, मनराज शाही, दिपक हमाल, पदम वन, जगत प्याकुरेल, गणेश खनाल, गणेशबहादुर शाही, रेशमबहादुर गुरुङ, रविन्द्र चन्द, पवनकुमार थापा, विश्वमित्र सन्ज्याल र लिलाप्रसाद ढकाल रहेका छन्।

प्रदेश खेलकुद विकासमा महत्त्वपूर्ण भूमिका रहने यस पदका लागि अनुभवी तथा खेलकुद क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरूको आवेदन परेकाले छनोट प्रक्रिया प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

सदस्य सचिव छनोटका लागि सम्बन्धित निकायले तोकेको मापदण्डअनुसार मूल्यांकन तथा अन्तर्वार्ता प्रक्रिया अगाडि बढाइने बताइएको छ। अब कर्णाली प्रदेशको खेलकुद नेतृत्व कसको हातमा जाने हो भन्ने चासो खेलकुदकर्मी र सर्वसाधारणमा बढ्दै गएको छ।

प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार