२०८३ वैशाख ६ , आइतबार

जिल्ला सहकारी संघको १५ औँ वार्षिक साधारणसभा



सुर्खेत । जिल्ला सहकारी संघ सुर्खेतको १५औँ वार्षिक साधारणसभा शुक्रबार वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ। संघका अध्यक्ष प्रकाशकुमार तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि. नेपालका सञ्चालक हरिहरनाथ योगी प्रमुख अतिथि रहनुभएको थियो।

साधारणसभामा संघले हालसम्म गरेका गतिविधिको समीक्षा गर्दै आगामी कार्यक्रम तथा योजनाबारे छलफल गरिएको थियो। अध्यक्ष तिमिल्सेनाले सहकारी क्षेत्रले भोगिरहेका चुनौतीबारे चर्चा गर्दै दिगो विकासका लागि सबै सहकारी एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले नीति र व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न संघ निरन्तर सक्रिय रहने बताउनुभयो।

कार्यक्रममा सहकारी क्षेत्रमा फैलाइएका नकारात्मक हल्ला र सामाजिक सञ्जालमार्फत भएको दुष्प्रचारप्रति चिन्ता व्यक्त गरिएको थियो। वक्ताहरूले सहकारी क्षेत्रलाई बदनाम गर्ने प्रयासको सामना गर्न सहकारी अभियन्ता एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

साधारणसभामा कोषाध्यक्ष बलबहादुर नेपालीले आर्थिक प्रतिवेदन र सचिव प्रेमकुमार बिसीले प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार