
सुर्खेत । पिपलबोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभा आगामी पुस ५ गते हुने भएको छ। संस्था सञ्चालक समितिको बैठकको निर्णयअनुसार साधारणसभा शनिबार बिहान १० बजे भैरव माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिने छ।
वीरेन्द्रनगर–४, भैरवस्थानमा रहेको सहकारी संस्थाले विनियम र साधारणसभा सञ्चालन कार्यविधिअनुसार साधारणसभा आयोजना गर्न लागेको हो। साधारणसभामा संस्थाका शेयर सदस्यहरूको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।
साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिने छ। प्रतिवेदन संस्थाको फेसबुक पेजबाट अग्रिम रूपमा डाउनलोड गरी अध्ययन गर्न सकिने भए पनि साधारणसभा स्थलमै हार्डकपी समेत उपलब्ध गराइने सहकारीले जनाएको छ।
साधारणसभामा सहभागिता जनाउने शेयर सदस्यहरूले २०८२ साल मंसिर मसान्तसम्मको अनिवार्य मासिक बचत नियमित गरेको हुनुपर्नेछ। साथै सदस्यता परिचय खुल्ने कागजात (बचत पासबुक) सहित स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी शेयर सदस्यहरूको सदस्यता पहिचान फारम (KYM) अद्यावधिक गर्नुपर्ने भएकाले पासपोर्ट साइज फोटो र नागरिकताको फोटोकपी वा सक्कल नागरिकता सहित उपस्थित हुन सहकारीले अनुरोध गरेको छ। संस्थाका अध्यक्ष बलबहादुर सार्कीले साधारणसभामा सक्रिय सहभागिता जनाउन सम्पूर्ण शेयर सदस्यलाई आग्रह गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्