काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमार्फत ओली तेस्रो कार्यकालका लागि पार्टी नेतृत्वमा पुगेका हुन्।
यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अध्यक्ष पदका उम्मेदवार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन्। यद्यपि मतगणनाको औपचारिक घोषणा हुन भने अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
प्रकाशित मिति : २०८२ पुस ३ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्