
सुर्खेत । नेकपा एमालेको ११औँ महाधिवेशनमा दैलेख जिल्लाका ९ नेताहरू केपी शर्मा ओलीको समूहबाट उम्मेदवार बनेका छन्। दुई युवा (४० वर्षमुनी) सहित ९ जना नेताले केपी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्।
दैलेखबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकाहरूमा भूगोल कर्णाली प्रदेश खुलातर्फबाट विष्णु रिजाल, महिलातर्फ मिनासिंह रखाल र युवा (४० वर्षमुनी) रूद्रबहादुर शाही छन्।
यस्तै, केन्द्रीय सदस्य खुलातर्फ रामबहादुर बुढा, लक्ष्मीप्रसाद पोखरेल, धर्मराज रेग्मीले उम्मेदवारी दर्ता गराएका छन्।
केन्द्रीय सदस्य खुला महिलातर्फ सूर्यकुमारी श्रेष्ठ, खुला महिला दलिततर्फ पार्वती विशुन्के र खुला युवातर्फ सुशील थापाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार
प्रतिक्रिया दिनुहोस्