२०८३ वैशाख ६ , आइतबार

सुर्खेत उद्योग मुद्रण संघको अध्यक्षमा पहाडी



सुर्खेत । सुर्खेत उद्योग मुद्रण संघको अध्यक्षमा टेकबहादुर पहाडी निर्वाचित भएका छन् । संघको शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको आठौँ अधिवेशन सोह्रौँ वार्षिक साधारणसभाबाट नेपालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
महासंघको उपाध्यक्षमा देवदत्त पौडेल, सचिवमा सविन गौतम र कोषाध्यक्षमा सरस्वति गौतम निर्वाचित भएका छन् ।
संघको सदस्यहरुमा डम्बर खत्री, राधाकुमारी लम्साल, प्रताप डाँगी, कैलाश चौलागाई, रविन्द्र विक, पुतला रावत (खड्का) र मिनप्रसाद शर्मा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार