
सुर्खेत । नेपाल मुद्रण उद्योग महासंघ कर्णाली प्रदेशको अध्यक्षमा यकदेव नेपाल (सुर्खेत) निर्वाचित भएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको महासंघको तेस्रो अधिवेशन तथा पाँचौँ वार्षिक साधारणसभाबाट नेपालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

महासंघको उपाध्यक्षमा कृष्ण वली (रुकुम पश्चिम), सचिवमा निमबहादुर बुढा (सुर्खेत), कोषाध्यक्षमा मानबहादुर खड्का (जाजरकोट) निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा जयकला चौलागाई (कालीकोट), विन्दु नेपाल (सुर्खेत), ललित थापा (दैलेख) र दिपेश केसी (सल्यान) निर्वाचित भएका छन् । मुगु र डोल्पालाई आगामी बैठकबाट मनोनित गरिने महासंघका कोषाध्यक्ष मानबहादुर खड्काले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार
प्रतिक्रिया दिनुहोस्