२०८३ वैशाख ६ , आइतबार
प्रतिनिधिसभा निर्वाचन २०८२

सुर्खेतमा काँग्रेसका उम्मेद्वार पूरानै अनुहार



सुर्खेत । भदौं २३ र २४ गतेको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक बदलिएको छ । जेनजीहरुले उठाएका धेरै मध्येको एउटा माग हो ‘अहिलेको आवश्यकता युवाको नेतृत्व’ । बाजे पुस्ताबाट देशको विकास सम्भव नदेखेर अबको सरकार र संसदमा जेनजीहरुले युवालाई ल्याउन खोजी रहेका छन् । जसका लागि आसम्म फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैन ।
निर्वाचनको कुरा गर्दा आम नागरिकमा उब्जेको प्रश्न हो । दलहरुले कुन उमेर समूहको व्यक्तिलाई उम्मेद्वार बनाउलान् ? युवाहरुले अवसर पाउलान कि पुरानै अनुहारलाई मैदानमा उत्तार्लान् ? मंगलबार सुर्खेतमा नेपाली काँग्रेसले उम्मेद्वार सिफारिस लिस्टले भने आगामी फागुन २१ गते हुने निर्वाचनमा भने पूरानै अनुहार दोहोरिने पक्कापक्की जस्तै भएको छ ।


जिल्ला कार्यसमितिले सुर्खेतका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न चाहनेहरूको नाम प्रदेश र केन्द्रमा पठाएको छ । जसमा ‎सुर्खेत क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम एकल सिफारिस गरिएको छ । खड्काको एकल उम्मेद्वारीले उनी नै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार हुन्न भन्ने पक्कापक्की छ । कुनै चमत्कारीक हेरफेर नभएको खण्डमा खड्का काँग्रेसका लागि निर्विकल्प उम्मेद्वार हुन् । खड्का राजनीतिमा उदायता भएका आम निर्वाचनमध्ये २०६४ बाहेक उनी उम्मेद्वार बनेको इतिहाँस छ । यसअर्थ पनि सुर्खेत क्षेत्र नं. १ मा खड्का उम्मेद्वार बन्ने निश्चित छ ।


क्षेत्र नं. १ मा खड्का उम्मेद्वार बनेको खण्डमा क्षेत्र नं. २ मा पनि कुनै कायापलट हुँदैन । अर्थात उही हृदयराम थानी दोहोरिने पक्कापक्की छ । किनकि खड्का उम्मेद्वार भए थानी पनि स्वतह उम्मेद्वार बन्ने काँग्रेसमा परिपाटी छ । यतिसम्म कि खड्का र थानीमध्ये कुनै एक जना उम्मेद्वार नभए एकले अर्कालाई चुनाव हराउन भूमिका खेल्ने त्रास काँग्रेसभित्र छ । त्यसै पनि सुर्खेतमा थानी र खड्काले लामो समयदेखि पार्टीभित्र गुट चलाउँदै आएका छन् । शक्तिमा उदायदेखि थानी र खड्को शक्तिसंघर्ष अहिले पनि जारी छ । पार्टी तल्लो तहसम्म यी दुई नेताका आ–आफ्नो गुट चलाएका छन् । यही गुटगत राजनीतिको कारण पार्टी आन्तरिक द्वन्दमा फसेको छ । दुई जना नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेद्वार भएपनि खड्काले हार्दा त्यसको दोष थानीलाई दिने र थानीले हार्दा खड्कालाई दोषी दिने त काँग्रेसको परिचय नै हो । चुनाव हार्दा दुबै नेताले एकले अर्कालाई हराउन वा अन्तरघात गर्न सघाएको दोष लगाउँछन् ।
यसले पनि सुर्खेत क्षेत्र नं. १ मा खड्का उम्मेद्वार भए क्षेत्र नं. २ मा पनि थानी नै उम्मेद्वार बन्ने पक्कापक्की छ । यद्यी उम्मेद्वार सिफारिसमा भने क्षेत्र नं. १ जस्तो २ मा छैन । क्षेत्र नं. २ मा त थानीसहित उम्मेदवारका लागि ६ जना आकाङ्क्षीहरूको नाम सिफारिस भएको छ । जस थानी, उपेन्द्रबहादुर थापा, कलम खत्री, नारायण कोइराला, भीष्म हमाल र बसन्ती बस्नेतको नाम सिफारिस गरिएको छ । यो लिष्टले पनि थानी उम्मेद्वार बन्न खोजेको खण्डमा अन्यलाई ब्याक हुन समस्या छैन । यसकारण पनि आगामी फागुन २१ मा हुने निर्वाचनमा थानी र खड्का नै उम्मेद्वार हुने सम्भावना बलियो छ । निर्वाचन अघि नै काँग्रेसको महाधिवेशन भयो र काँग्रेसले क्रान्तिकारी निर्णय लिएको खण्डमा भने नयाँ अनुहारले पनि मौका नपाउलान भन्न सकिदैन ।

प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार