
सुर्खेत । प्रतिनिधिसभाको उम्मेदवारका लागि सुर्खेत क्षेत्र–२ बाट कांग्रेस नेता हृदयराम थानी सहित ६ जनाको सिफारिस गरिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले थानी सहित ६ जनाको नाम सिफारिस गरेको हो । जस अनुसार थानीसहित उपेन्द्र बहादुर थापा, कलम बहादुर खत्री, नारायण कोईराला, भिष्मराज हमाल र बसन्ती कुमारी बस्नेत छन् । थानी संसंद विघटनअघि प्रतिनिधिसभा सदस्य थिए । त्यस्तै थापा पञ्चपुरी नगरपालिकाका पूर्व मेयर हुन् ।
प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्