
सुर्खेत । जंगलमा फिन्ते जीवन विताउँदै आएर्का राउटे समुदायका लागि न्यानो कपडा वितरण गरिएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय दैलेखले मंगलबार कपडा वितरण गरिएको हो । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको विशेष सहभागितामा राउटे समुदायलाई न्यानो कपडा वितरण गरिएको हो ।

मौसमी चिसोको प्रभाव बढ्दै गएपछि समुदायका सदस्यहरूलाई सुरक्षित राख्ने उद्देश्यसहित सरकारले न्यानो कपडासहित आवश्यक सामग्री उपलब्ध गराएको हो । मन्त्री भण्डारीले राउटे समुदायजस्ता संवेदनशील समूहको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले आगामी दिनमा पनि सहयोगका कार्यक्रम निरन्तर अघि बढाइने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्