
सुर्खेत, मंसिर २२। सामाजिक विकास समितिको बैठक आज सोमबार बसेर कानूनको उत्तर विधायिकी परीक्षण, अध्ययन तथा अनुसन्धानसम्बन्धी कार्यविधि, २०८१ मा आवश्यक सुधार तथा संशोधनका विषयहरूबारे प्रारम्भिक छलफल गरेको छ।
बैठकमा कार्यविधि कार्यान्वयनका क्रममा देखिएका चुनौती, स्पष्टता आवश्यक पर्ने बुँदाहरू तथा व्यवहारिक अमललाई अझ प्रभावकारी बनाउने उपायहरूबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको समितिले जनाएको छ। समितिका सदस्यहरूले वर्तमान कार्यविधिलाई आधुनिक आवश्यकतासँग मिलाउन थप संशोधन गर्नुपर्ने र परीक्षण तथा अनुसन्धान प्रक्रियामा दक्षता, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न सुधारका प्रस्तावहरू अघि सारिएको जानकारी दिएका छन् । बैठकले सुझावहरूलाई समेटेर आगामी बैठकमा विस्तृत संशोधन मस्यौदा तयार पार्ने तयारी गरेको छ।
प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्