२०८३ वैशाख ६ , आइतबार

कर्णाली प्रदेशसभामा दर्ता भयो नेकपा संसदीय दल



सुर्खेत । साविक (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दल कर्णाली प्रदेशसभामा शुक्रबार दर्ता भएको छ ।
बुधबार बसेको संसदीय दलको निर्णय अनुसार ‘नेपाली कम्युनिस्ट पार्टी’ कर्णाली प्रदेश सभा संसदीय दल गठनको निर्णय प्रदेशसभा सचिवालयलाई औपचारिक रुपमा जानकारी गराएको प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले जानकारी दिए ।
देशभरमै पहिलो पटक कर्णालीबाट नेकपा संसदीय दलको रुपमा दर्ता भएको जिसीको भनाइ छ । नेकपाले दलको नेता र प्रमुख सचेतक छिट्टै चयन गर्ने जनाएको छ । नेकपाले हाल : जिसीलाई नै संसदीय दलको नेताको रुपमा समन्वय र सहजीकरण गर्ने जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २० गते शनिबार