२०८३ वैशाख ६ , आइतबार

प्रज्ञा प्रतिष्ठान विधेयकमाथी सचेतकसँग प्रारम्भिक छलफल



सुर्खेत । कर्णाली प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयकमाथि शुक्रबार प्रारम्भिक छलफल भएको छ । कर्णाली प्रदेश सभा अन्तर्गत सामाजिक विकास समितिले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेको समिति सचिव राजेन्द्र पाैडलले जानकारी दिए ।

बैठकमा मुख्यगरी कुन-कुन संशोधन अत्यावश्यक रहेको छ ?, दलगत रूपमा कस्ता बुँदा मिलाउन सकिन्छ ?, आपसमा दोहोरिने/वैकल्पिक संशोधनका बुँदाहरू पहिचान गर्ने, संयुक्त संशोधन प्रस्ताव तयार गर्ने सम्भावनाबारे प्रारम्भिक छलफल भएको पाैडेलले जानकारी दिए ।

बैठकमा दलका सचेतकहरुले विधेयकमा दर्ता गरिएका संशोधन प्रस्तावहरूको स्वरूप, तिनका प्राथमिकता र दलगत समन्वयका सम्भावनासमेतबारे विस्तृत छलफल गरेका थिए ।

छलफलका क्रममा संशोधनहरूलाई व्यवस्थित ढङ्गले अघि बढाउन आवश्यक तयारी, प्रक्रियागत कदम तथा दलहरूबीचको सहकार्यबारे महत्वपूर्ण सुझाव प्रमुख सचेतकरूले प्रस्तुत गरेका छन् । समितिले प्राप्त सुझावका आधारमा आगामी चरणमा संशोधनहरूको स्पष्ट खाका तय गर्ने तयारी गरेको छ । आउँदो विधेयक अधिवेशनबाट प्रज्ञा प्रतिष्ठान विधेयक पारित गर्नेगरी समितिको तयारी छ ।

प्रकाशित मिति : २०८२ मंसिर १९ गते शुक्रबार