२०८३ वैशाख ६ , आइतबार

जीवनशैली उत्प्रेरणा कार्यक्रम



सुर्खेत । मानसिक शान्ति, सकारात्मक सोच र खुसीयाली जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले सहिते ‘सकारात्मक चिन्तन एवं रचनात्मक जीवनशैली उत्प्रेरणा कार्यक्रम’ भएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन भइरहेको उक्त कार्यक्रम प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र आयोजना गरिएको हो ।
कार्यक्रममा मानसिक शान्ति, सेल्फ–रियलाइजेशन, सकारात्मक सोचको कला, कर्मको रहस्य, सम्बन्धमा समन्वय, तनाव तथा क्रोधमुक्त जीवनशैली तथा स्वास्थ्य अभिमुखीकरणजस्ता विषयमा प्रशिक्षण दिइएको थियो ।
अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त प्रख्यात वक्ता तथा वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु धले र केन्द्रिय उपाध्यक्ष तथा क्षेत्रीय प्रमुख राजयोगिनी दुर्गा दिदीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, कर्णाली प्रदेशसभाको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्ट लगायत सहभागी थिए । मानसिक शान्ति र समृद्ध जीवनका लागि राजयोग मेडिटेशन प्रभावकारी बनाउँदै जीवन सकारात्मक दिशातर्फ उन्मुख हुने अपेक्षा छ ।

प्रकाशित मिति : २०८२ मंसिर १८ गते बिहीबार