२०८३ वैशाख ६ , आइतबार

कर्णालीमा मिले माओवादी र समाजवादीका सांसद



सुर्खेत । कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने साविक माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरु एकता प्रक्रियामा जोडिएका छन् । बुधबारदेखि दुई पार्टीका सांसदहरु एउटै संसदीय दलमा रहनेगरी एकता प्रक्रियामा जोडिएका हुन् । एकता पक्रियामा जोडिएपछि बसेको बैठकले दलको नाम नेपाली कम्युनिष्ट पार्टी संसदीय दल राख्ने र छिट्टै दलको नेता र प्रमुख सचेतक तोक्ने निर्णय प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले जानकारी दिए ।
तर साविक माओवादी केन्द्र संसदीय दलका नेता एवम् कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा भने एकता प्रक्रियामा जोडिएका छैनन् ।
ुई पार्टीका सांसदहरु औपचारिक रुपमा एकता प्रक्रिया जोडिनु अघि शर्माले बुधबार विहान मात्रै माओवादी केन्द्र संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । रुकुमपश्चिम प्रदेशसभा (ख)बाट निर्वाचित सांसद शर्मा जनार्दन शर्माको प्रगतिशिल लोकतान्त्रीक पार्टीको केन्द्रीय सदस्य हुन् ।
शर्माले एकता प्रक्रियामा नजोडिएपछि प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टीका प्रदेशसभा सदस्यको संख्या १३ हुने छ । प्रदेशसभामा साविक समाजवादीका एक र माओवादीका १३ जना प्रदेशसभा सदस्य थिए । एकता प्रक्रियापछि दलको सम्पूर्ण कामकाजको जिम्मेवारी प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीलाई दिइएको छ ।

 

प्रकाशित मिति : २०८२ मंसिर १८ गते बिहीबार