
सुर्खेत । वीरेन्द्रनगर–४ मा रहेको भैरव माविले अपाङ्गता भएका व्यक्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवस मनाएको छ । अपाङ्गता समावेशीसमाजको पूबद्र्धन सामाजिक उन्नतिको सम्बद्र्धन भन्ने मूल नारा सहित.भैरव माविले अपाङ्गता भएका व्यक्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवस मनाएको हो ।
समाजसेवी हरित विद्यालय अभियन्ता किरण किशोर सापकोटाको अगुवाइमा दिवश मनाइएको हो । कार्यक्रममा शिक्षकसमेत रहेका सापकोटाले अपांगता भनेको कमजोरी नभई नयाँ तरिकाले संसारलाई जित्ने क्षमता भएको बताए ।

अपाङ्गता जन्मजात वा दुर्घटनाका कारण जहिले र जसलाइ पनि हुन सक्ने उल्लेख गर्दै सापकोटाले अपाङ्गता भएका व्यक्तिहरुलाई हेप्ने नभई हरेक नागरिकले सम्मान र माया दिनुपर्ने बताए । समाजमा अहिले पनि अपाङ्गता भएका व्यक्तिहरुलाई विभेद गर्ने र कमजोर ठान्ने मानसिकता हटाउन विद्यालयस्तरबाट नै समावेशी शिक्षा, समान अवसर र सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । सापकोटाले शिक्षक, विद्यार्थी र अविभावकलाई आफ्नो जीवनको भोगाइ सुनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्