२०८३ वैशाख ६ , आइतबार

माओवादी संसदीय दलका नेता शर्माद्वारा राजिनामा



 

सुर्खेत । कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एवम् नेकपा माओवादी संसदीय दलका नेता राजकुमार शर्माले पदबाट राजिनामा दिएका छन् ।
शर्माले बुधबार विहान ह्वाट्सेप मार्फत राजिनामा दिएका हुन् । शर्माले दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बाेधन गर्दै पदबाट राजिनामा दिएका हुन् ।
शर्माकाे राजिनामा पछि अहिले संसदीय दलकाे बैठक बसिरहेकाे छ । बैठकले राजिनामा बारे निर्णय लिने जनाइएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १७ गते बुधबार