२०८३ वैशाख ६ , आइतबार

सुर्खेतमा १८ गतेदेखि साँस्कृतिक महोत्सव



सुर्खेत । यही मंसिर १८ गतेदेखि सुर्खेतमा साँस्कृतिक महोत्सव हुने भएको छ । ह्याप्पी फन पार्क उद्घाटनको विशेष अवसर पारेर साँस्कृतिक कार्यक्रम गर्न लागिएको व्यवसायी विशाल ढकालले जानकारी दिए । महोत्सवका राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरु प्रस्तुति रहने छ ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर ढकालले यस्तो जानकारी दिएका हुन् । मंसिर १८ गतेदेखि सुरु हुने महोत्सव १० दिनसम्म सञ्चालन हुने छ । महोत्सव मंसिर २८ गतेसम्म हुने छ । महोत्सवले साँस्कृति मनोरञ्जनसँगै आर्थिक कारोबारलाई चलायमान गराउने अपेक्षा छ ।

प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार