२०८३ वैशाख ८ , मंगलबार

मानव सेवा आश्रमको भवन निर्माणका लागि सम्झौता



सुर्खेत । मानव सेवा आश्रम सुर्खेतका लागि भवन निर्माण उद्देश्यमा विनियोजित बजेट कार्यान्वयन गर्न सामाजिक विकास मन्त्रालय र मानव सेवा आश्रमबीच औपचारिक सम्झौता भएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आश्रमका प्रतिनिधिबीच सम्झौता भएको हो ।


सम्झौता भएपछि अब आश्रमले भवन निर्माणका लागि आवश्यक प्रक्रिया तथा अन्य थप कार्यहरू अघि बढाउने मन्त्री भण्डारील जानकारी दिए । यससँगै योजनाको कार्यान्वयन तीव्रता पाउने र सेवाग्राही वरिष्ठ नागरिक, असहाय तथा विपन्न व्यक्तिहरूलाई प्रदान हुने सेवा स्तरोन्नति हुने अपेक्षा गरिएको छ । विनियोजन गरेको बजेट प्रभावकारी रूपमा प्रयोग होस् भन्ने उद्देश्यले मन्त्रालयले प्रत्यक्ष सहकार्यमा अघि बढ्ने जनाएको छ । सम्झौतापछि भवन निर्माण कार्य समयमै सम्पन्न हुने आशा पलाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार