
सुर्खेत । भाेलि अर्थात भदौ १ गते । सधाझै परम्पारगत रुपमा बनाइने श्रीकृष्ण रथयात्रा तथा लाखेनाच प्रदर्शन गर्ने दिन । अघिल्ला वर्षहरु जस्तै यो वर्ष पनि सुर्खेतमा लाखेनाच प्रदर्शन गरिने भएकाे छ । वीरेन्द्रनगरका विभिन्न क्षेत्रबाट प्रर्दशन गरिने खाले जात्रालाई व्यवस्थित र सुरक्षित बनाउन यसपालि नयाँ नियम लगाइएको छ ।
सुरक्षा निकाय र लाखे नाँच प्रदर्शन गर्ने समूह तथा संघ संस्थाले लाखे जात्रामा अप्रिय घटना हुन नदिने केही नियमहरु लगाएका हुन । जस अनुसार लाखे नाँच प्रदर्शन गर्दा धातुको धारिलो तरवार प्रयोग गर्न नपाउने र आयोजक तथा स्वयम सेवकले परिचय खुल्ने पोशाक र आइडीकार्ड प्रयोग गर्नुपर्ने नियम लगाइएकाे छ । तरवार प्रयोग गर्दा अप्रिय घटना हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले यस्तो नियम लगाएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए ।
लाखे नाँच प्रदर्शन गर्दा धातुको धारिलो तरवार प्रयोग गर्न नपाउने र आयोजक तथा स्वयम सेवकले परिचय खुल्ने पोशाक र आइडीकार्ड प्रयोग गर्नुपर्ने छ ।
शुक्रबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायको अध्यक्षतामा बसेको सुरक्षा निकाय र लाखेनाच प्रदर्शन गर्ने समूह/संस्थाको संयूक्त बैठकबाट यस पर्वलाई व्यवस्थित र मर्यादित बनाउन यस्तो निर्णय गरेको हो । त्यस्तै लाखे नाँच प्रदर्शन गर्ने आयोजक र स्वयमसेवक पहिचान हुने पोशाक परिचयपत्र वा कुनै संकेत प्रयोग गर्नुपर्ने निर्णय गरेको छ । आयोजक र स्वयम सेवकले पहिचान हुने पोशाक वा परिचय पत्र सहित दर्शकहरुलाई जात्रा अवलोकन गर्न सहयोग गर्नुपर्ने बैठकले निर्णय गरेको हो ।

सुरक्षा जोखिम हुन सक्ने उच्छृङ्खल गतिविधी, मादक पदार्थ सेवन, झगडा जस्ता गतिविधि हुन नदिन÷तत्काल नियन्त्रणमा लिन आयोजकले सुरक्षाकर्मीलाई सूचना दिने, रुट र समय सम्बन्धी जानकारी दिनुपर्ने छ ।
-
श्रीकृष्ण रथयात्रा तथा लाखेनाच प्रतियोगिता प्रथम हुनेलाई एक लाख एक हजार, द्धितीयलाई ५० हजार पाँच सय र तृतीयलाई २५ हजार २५ रुपैयाँ पुरस्कार दिइने छ ।
यसपालि वैदिक सनातन धर्म सेवा समिति सुर्खेतले खुला मञ्च श्रीकृष्ण रथयात्रा तथा लाखेनाच प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यस प्रतियोगितामा सुर्खेत र अन्य जिल्लाका दर्जन बढी प्रतियोगि समूहहरु सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एक हजार रुपैयाँ पुरस्कार दिइने वैदिक सनातन धर्म सेवा समिति सुर्खेतले जनाएको छ ।
त्यस्तै गरी द्धितीयलाई ५० हजार पाँच सय, तृतीयलाई २५ हजार २५ रुपैयाँ पुरस्कार दिइने वैदिक सनातन धर्म सेवा समिति सुर्खेतका महासचिव ललित भट्टराइले जानकारी दिए । त्यस्तै उदयमान लाखे, उत्कृष्ट लाखे, उत्कृष्ट भक्कु, उत्कृष्ट तरबार चालक र उत्कृष्ट रथलाई जनही ११ हजार रुपैयाँ पुरस्कार दिइने महासचिव भट्टराइले जानकारी दिए ।
यस्तो छ सुरक्षा निकाय र लाखेनाच प्रदर्शन गर्ने समूह/संस्थाको संयूक्त निर्णय

प्रतिक्रिया दिनुहोस्