२०८३ वैशाख ८ , मंगलबार

नक्कली परीक्षार्थी रोक्न सवारी लाइसेन्सको परीक्षामा बायोमेट्रिक प्रर्णाली लागू



सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेतले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षामा बिटिएस (परीक्षार्थीको बायोमेट्रेक पहिचान प्रणाली) प्रर्णालीको प्रयोग गरेको छ । सवारी चालक अनुपति पत्रको प्रयोगात्मक र लिखित परीक्षामा नक्कली परीक्षार्थी रोक्न र लाइसेन्स वितरण प्रर्णालीलाई पारदर्शी तथा विश्वसनिय बनाउन बायोमेट्रियक प्रर्णाली लागू गरिएको हो ।
लिखित र प्रयोगात्मक परीक्षामा अर्काको सट्टामा नक्कली परीक्षामा सहभागी हुने कार्य पूर्ण रूपमा नियन्त्रण गर्नका नेपालमै पहिलो पटक विटिएस प्रर्णाली लागू गरिएको यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुखका कार्यालय प्रमुख मुकुन्दनाथ योगीले जानकारी दिए ।

विटिएस प्रविधिमार्फत पहिलो पटक मंगलबार मोटरसाइकल र स्कुटी सवारी चालक अनुमतिपत्रको लागि विहीबार कुल १ सय २८ जना परीक्षार्थी सहभागी भएका छन् । बुधबार परीक्षामा पास भएका सबैको बायोमेट्रियक परीक्षण गरेर प्रयोगात्क परीक्षा लिइने कार्यालयले जनाएको छ । यो प्रविधिले परीक्षार्थीको वास्तविक पहिचान गर्न सहयोग गर्छ । जसले गर्दा सट्टामा परीक्षा दिने गलत कार्य पूर्ण रुपमा नियन्त्रण हुने अपेक्षा गरिएको छ । विटिएस प्रर्णाली लागू नहुँदा लिखित परीक्षा पास भएका परीक्षार्थीको सट्टामा सवारी चलाउन सक्ने क्षमता भएकाले सट्टामा परीक्षा दिने गरेको आरोप लाग्दै आएको थियो । सोही कारण सवारी चालक अनुमति पत्रको परीक्षाप्रति आम नागरिकले प्रश्न उठाउँदै आएका थिए । परीक्षालाई पारदर्शी र निश्पक्ष बनाउन हरेक परीक्षाहरु सीसी क्यामेराबाट निगरानी गरिएको कार्यालय प्रमुख योगीले बताए । सवारी चालक अनुमति पत्र वितरण रोकिएको झण्डै डेढ वर्षपछि सुर्खेतबाट लाइसेन्स वितरणका लागि परीक्षा सुरु भएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार