
सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले यही मंसिर १८ गते सुर्खेतमा गर्ने भनिएको कर्णाली प्रदेशस्तरिय एकता सन्देशसभा मंसिर २७ गतेका लागि सारेको छ । मंसिर १८ गते परापूर्वकालदेखि चल्दै आएका पूर्णिमा तथा संस्कृति पर्वहरुका कारण २७ गतेका लागि सारिएको नेकपाले जनाएको छ । मंसिर पूणिमाको अवसरका कर्णालीका विभिन्न क्षेत्रमा पूर्णिमा मेला लाग्ने गर्दछ । पूर्णमा मेला तथा पर्वहरुमा असर पर्ने भएका कारण एकता सभालाई २७ गतेका लागि सारिएको नेकपाले जनाएको छ । विभिन्न १५ वटा दलहरु मिलेर बनेको नेकपाले कर्णालीमा पहिलो पटक एकता सभा गर्दै छ । एकता सभामा प्रदेशभरबाट ठूलो संख्याका नेता तथा कार्यकर्ताहरु उतार्ने नेकपाको तयारी छ ।
मेला तथा पर्वहरुका कारण कार्यकर्ताहरुको सहभागिता घट्ने र सभामा आउन सक्ने आम नागरिकको सहजताका लागि एकतासभा केही दिन पछाडि धकेलिन पुगेको हो । एकता सन्देशसभा मूल व्यवस्थापन समितिका संयोजक कालीबहादुर मल्लले आइतबार एक प्रेस विज्ञप्ति जारी गरे कर्णाली प्रदेशस्तरिय एकता सभा आगामी मंसिर २७ गते हुने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्