२०८३ वैशाख ५ , शनिबार

पौरखीको अध्यक्षमा गन्द्रमा



सुर्खेत । श्री पौरखी बचत तथा ऋण सहकारी संस्थाको नव निर्वाचित समितिहरु अध्यक्षमा चक्र बहादुर गन्द्रमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको १५ औँ वार्षिक साधारण सभाले गन्द्रमाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा खड्क बहादुर तारामी मगर, सचिवमा दिलमाया दर्लामी पुन मगर र कोषाध्यक्षमा झुकमाया मन्दिर मगर निर्वाचित भएका छन् ।


त्यस्तै सदस्यमा लक्ष्मी तारामी, ओम बहादुर मास्की, तारा कुमारी पुलामी मगर र लेखा सुपरिवेक्षण समितिको संयोजकमा लक्ष्मी दर्लामी बुढा र सदस्यहरुमा खड्क बहादुर मन्दिर तथा हिरा मास्की निर्वाचित भएका छन् । त्यस्तै ऋण उप समितिको सदस्यमा जिवन कुमारी तारामी, खड्क बहादुर गुरुङ्ग र शिक्षा उप समितिमा योगेन्द्र रेश्मी मगर, अशोक पुलामी मगर निर्वाचन भएको निर्वाचन अधिकृत शेर बहादुर सलामीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ मंसिर १४ गते आइतबार