२०८३ वैशाख ६ , आइतबार

कर्णालीमा मतदाताको संख्या करिव साढे दश हजार पुग्यो



सुर्खेत । कर्णालीमा मतदाताको संख्या झण्डै दश हजार पुगेको छ । प्रदेशमा दश जिल्लामा गरेर कुल मतदाताको संख्या १० हजार ३३ हजार ४ सय ६९ जना पुगको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । कुल मतदातामध्ये १० लाख छ हजार ८३४ पुराना र २६ हजार ६३५ नयाँ मतदाता हुन् ।
जसमध्ये सुर्खेतमा सात हजार ३६२, रुकुमपश्चिममा दुई हजार ८४०, डोल्पामा एक हजार सात, जुम्लामा तीन हजार ३६, मुगुमा ७७४, हुम्लामा ८२४, कालीकोटमा एक हजार ७७६, दैलेखमा तीन हजार ६२६ नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन अधिकारी गुरुङले जानकारी दिए ।
प्रतिनिधि सभा सदस्यको निर्वाचन घोषणापछि २६ हजारभन्दा बढी नयाँ मतदाता थप भएका हुन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय मङ्सिर ५ गतेसम्म रहेको थियो । समय सकिएसँगै नयाँ मतदाताको विवरण सार्वजनिक गरिएको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले जानकारी दिए ।
फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक) मार्फत नयाँ मतदाता थपिएका हुन् । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या बढेको हो । गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकोमा नयाँ मतदाताको दर्ताको चाप र सरोकारवाला पक्षको आग्रहमा आयोगले यही मङ्सिर ५ सम्मका लागि समय थपिएको थियो ।
आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने युवाको सहभागिता उल्लेख्य देखिएको छ । विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाव्रmम र जेनजी समूहको आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाता आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् । मतदाता नामावली दर्ता गराउनेमा ८० प्रतिशतभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १४ गते आइतबार