२०८३ साउन १३ , बुधबार

महाधिवेशन प्रतिनिधि छनौट सर्वसम्मत



सुर्खेत । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट ९ जना प्रतिनिधिहरू निर्वाचित भएका छन् । जसमा कुलमणी देवकोटा, मोहनसिंह बडुवाल, डम्बर तिवारी, पूर्णप्रसाद पौडेल, भीम बहादुर रावत, महिलातर्फ टीकाकुमारी अधिकारी, टीका कुमारी घले गुरुङ, निर्मला राना मगर र युवा तर्फ प्रेम खड्का चयन भएका छन् ।
सबै प्रतिनिधिहरु सर्वसम्मत चयन भएका हुन् । निर्वाचित प्रतिनिधिमध्ये देवकोटा र बडुवाल क्रमश सुर्खेत जिल्ला अध्यक्ष र उपाध्यक्ष हुन् । त्यस्तै राना पूर्व जनप्रतिनिधि हुन् ।

प्रकाशित मिति : २०८२ मंसिर १३ गते शनिबार