सुर्खेत । वीरेन्द्रनगर–२ वडा कार्यालयअगाडि मोटरसाइकल र स्कुटी एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मुलपानीबाट भुरेली तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल (चालक २३ वर्षीय यामबहादुर शाही) र लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटी (चालक ३४ वर्षीय वीरेन्द्र आचार्य) एक–आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका शुभकालिका गाउँपालिका–१ घर भई हाल वीरेन्द्रनगर–१ बस्ने वीरेन्द्र आचार्यको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक शाहीको अवस्था मध्यम रहेको र उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीकाे भनाइ छ। दुर्घटनाकाे सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : २०८२ मंसिर १२ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्