२०८३ भदौ ३० , मंगलबार

वीरेन्द्रनगरमा महिला सम्मेलन 



सुर्खेत। कर्णाली प्रदेशमा सञ्चालित ‘महिला सशक्तिकरणमार्फत नीति निर्माणमा पहुँच अभिवृद्धि परियोजना’ अन्तर्गत २ दिने वीरेन्द्रनगर नगरपालिकास्तरिय महिला सम्मेलन सुरू भएको छ। सम्मेलनको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले सहभागिता जनाउँदै महिलाको आत्मनिर्भरता र आर्थिक सुदृढिकरणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभयो।

मन्त्री भण्डारीका अनुसार हिंसा प्रायः निर्भरता र असक्षमताबाट उत्पन्न हुने भएकाले महिलाहरू आर्थिक रूपमा सबल बन्ने वातावरण निर्माण गर्नु अत्यावश्यक छ। “महिला वा पुरुष जो कोही आर्थिक रूपमा सक्षम बन्न सकेमा हिंसाका घटना स्वाभाविक रूपमा घट्दै जान्छन्,” मन्त्री भण्डारीले भन्नुभयो।

यस उद्देश्यअनुरूप कर्णाली प्रदेश सरकारले शिक्षा विकास निर्देशनालयमार्फत वीरेन्द्रनगरमा बसोबास गर्ने महिलाका लागि सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको समेत मन्त्री भण्डारीले जानकारी दिनुभयो।

दोहोरो दिन चल्ने यो सम्मेलनले महिलाको नेतृत्व विकास, नीति निर्माणमा पहुँच, लैंगिक समानता र स्थानीय तहमा उनको सहभागिता विस्तारका विषयमा व्यापक छलफल गर्नेछ।

प्रकाशित मिति : २०८२ मंसिर १२ गते शुक्रबार