सुर्खेत । वीरेन्द्रनगर–१२ चाँदनीचोकमा विहीबार भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–७ का २३ वर्षीय महेश सापकोटा छन् । दुर्घटनाबाट गम्भीर घाइते भएका सापकोटाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सैनिक आवासीय महाविद्यालय मंगलगढीको बा.प्र.०१–००४ क ५५७४ नम्बरको स्कुल बसले भे. ८ प. ४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
नेवारेतर्फबाट आउँदै गरेको स्कुल बसले मोटरसाइकललाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । घटनापछि बस र चालक दुवैलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप तथ्य विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ मंसिर १० गते बुधबार
प्रतिक्रिया दिनुहोस्