
सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेतले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) का लागि मंगलबार अनलाइन आवेदन फाराम खुला गरेको छ । सूचनाअनुसार ‘क’ समूहका (स्कुटर/मोटरसाइकल) काे लागि सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ला गरेको हो ।
सवारी चालक अनुमति पत्र लिन चाहनेहरुले यही मंसिर १३ गतेसम्म अनलाइनबाट आवेदन दिइसक्नुपर्ने यातायात कार्यालयले जनाएको छ । आवेदकले मंसिर १४ गतेभित्र बायोमेट्रिक दर्ता तथा राजश्व बुझाइ सक्नुपर्ने छ । त्यस्तै १६ गते लिखित परीक्षा हुनेछ भने १७ गते प्रयोगात्मक परीक्षा हुने कार्यालयले जनाएको छ । तर तोकिएको समयमा अनुपस्थित भएका आवेदकको आवेदन स्वतः रद्द हुनेछ ।साना सवारीका लागि १८ वर्ष र मझ्यौला सवारीका लागि २१ वर्ष पूरा भएको हुनुपर्ने छ ।बायोमिट्रिक र लिखित परीक्षाका दिँदा आवेदकले नागरिकता, आवश्यक कागजात तथा फाराम अनिवार्य रूपमा साथमै बोक्नुपर्ने छ । लिखित परीक्षा रोलक्रम अनुसार याताया व्यवस्था कार्यालयमा र प्रयोगात्मक परीक्षा वीरेन्द्रगर–४ मा रहेको वि एण्ड वि मोटर ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरमा हुने छ । यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख मुकुन्दनाथ याेगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्