२०८३ वैशाख ६ , आइतबार

कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवका लागि दरखास्त माग



सुर्खेत । कर्णाली प्रदेश सरकार कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिव पदका लागि दरखास्त माग गरेको छ । सदस्य–सचिव रित्त भएको झण्डै एक वर्षपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै सदस्य सचिव पदका लागि दरखास्त माग गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार तोकिएको १५ दिनभित्र योग्य उम्मेदवारले आवेदन दिन सक्नेछन् ।

सूचनामा सदस्य–सचिवका लागि कर्णाली प्रदेशका नागरिक भई २५ वर्ष पूरा भएकाे, खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त व्यक्तिहरू उम्मेदवार हुन सक्ने उल्लेख गरिएको छ । दरखास्त पेश गर्दा उम्मेद्वारले कर तिरेको प्रमाण, नागरिकता, शैक्षिक योग्यताका कागजात र खेलकुदसँग सम्बन्धित अनुभवका कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ । दरखास्त सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगरस्थित प्रशासन शाखामा कार्यालय समयभित्र दर्ता गर्नुपर्नेछ । तोकिएको समयभित्र नपुगेका वा अपूर्ण कागजात भएका दरखास्त स्वीकृत नहुने स्पष्ट सूचनामा उल्लेख गरिएको छ ।

सूचना हेर्नाेस् ।

प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार