२०८३ वैशाख ५ , शनिबार
सामाजिक संघसंस्था

स्याकको अध्यक्षमा पुनः तिवारी निर्वाचित



सुर्खेत । समाज जागरण केन्द्र (स्याक) नेपालको अध्यक्षमा मीनाकुमारी तिवारी शर्मा सर्वसम्मत निर्वाचित भएकी छिन् । ३० औँ वार्षिक साधारणसभाले तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । तिवारी यसअघि पनि अध्यक्ष थिइन् ।
समितिको उपाध्यक्षमा गंगा गुरुङ, सचिवमा राधा भण्डारी र सदस्यहरुमा अकवर खान, किरण किशोर सापकोटा, गीता बोहरा, चौहान सिंह राना र यशोदा वि.क. सर्वसम्मत चयन भएका हुन् । त्यस्तै निर्मला शर्माको संयोजत्वमा आन्तरिक लेखा परिक्षण समिति समेत गठन गरेको छ । लेखा परीक्षण समितिको सदस्यहरुमा गणेशप्रसाद पौड्याल र गीता खनाल सर्वसम्मच चयन भएका छन् ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार