२०८३ वैशाख ६ , आइतबार

सुर्खेतमा प्रशिक्षक प्रशिक्षण तालिम



सुर्खेत । विद्यालयस्तरमा वृत्ति मार्गनिर्देशन कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित सुर्खेतमा “प्रशिक्षक प्रशिक्षण (Training of Trainers–ToT)” तालिम आजबाट सुरु भएको छ । विद्यार्थीको भविष्यको करिअर, रोजगारीका अवसर, जीवन–योजना तथा आवश्यक सीप विकासमा मार्गदर्शन प्रदान गर्न सक्षम मार्गदर्शक तयार पार्ने लक्ष्यसहित तालिम शुभारम्भ गरिएको आयोजकहरूले जानकारी दिएका छन् ।

उद्घाटन सत्रमा सहभागी सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले विद्यालयमा व्यावहारिक सीप र करिअर–मुखी शिक्षा प्रवर्द्धन गर्न यस किसिमको तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भण्डारीका अनुसार, “विद्यार्थीको क्षमता पहिचान गरी जीवनमा सही निर्णय लिन मद्दत गर्ने मार्गदर्शक तयार हुनु आजको आवश्यकता हो। यो तालिमले व्यावहारिक सीप कार्यान्वयनमा अतुलनीय योगदान पुग्नेछ ।”  तालिममा सहभागी प्रशिक्षकहरूले विद्यालयका विद्यार्थीलाई करिअर परामर्श, सीप पहिचान, अवसर विश्लेषण, अध्ययन–रोजगारी योजना बनाउन सहयोग गर्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक सीप हासिल गर्नेछन्। आयोजकले तालिमबाट निस्कने प्रशिक्षकमार्फत सुर्खेतका विद्यालयमा व्यवस्थित र प्रभावकारी वृत्ति मार्गनिर्देशन सेवा विस्तार हुने अपेक्षा गरेको छ ।

 

प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार