
सुर्खेत। वीरेन्द्रनगर -५ चिसापानी स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले ४७ औं वार्षिक उत्सव तथा सम्मान कार्यक्रम गरेको छ। मंगलबार विद्यालयको वार्षिक उत्सवमा सहभागी सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले हरेक कर्णालीवासीको सुर्खेत आउने सपना बन्दै गएको बताए।त्यसैले वीरेन्द्रनगरका विद्यालय संरचना दिगो बनाउने गरी प्राथमिकीकरण गरिएको बताए। त्यसैले प्रतिवर्ष विद्यालयका लागि बहुवर्षीय योजना निर्माण गरिएको बताए।
अहिले सूचना र प्रविधिको युग बढेसँगै नवप्रवर्तनात्मका कार्यमा सरिक गराउन मन्त्री भण्डारीले आग्रह गरे। शैक्षिक विकास र दीपा प्रवर्द्धनमा योगदान पुर्याउने गरी शिक्षण क्रियाकलाप गर्न अपिल गरे।
विद्यालयको शिक्षामा गुणस्तरमा अभिभावकको भूमिका विशेष हुने भएकोले सोही अनुरुप सक्रियता बढाउन आग्रह गरे।
नैतिक शिक्षाको खडेरी परेको बारे मन्त्री भण्डारीले चर्चा गरे। उनले यसतर्फ शैक्षिक क्रियाकलाप केन्द्रित हुनुपर्ने बताए।
साथै, विद्यालयमा अक्षकोष स्थापना गरिएको छ। शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दीपा हमालले १ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेकी हुन। आफ्ना बुबा हिरालाल हमालको स्मृतिमा विद्यालय अक्षयकोष स्थापना गर्ने बताइन्।
विद्यालयको शैक्षिक सुधार गर्नुका साथै जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरुप रकम खर्च गर्न कोषको लागि प्रतिबद्धता गरेको जानकारी दिइन्।
आफू बसोबास गर्ने वडामा संचालित यस विद्यालयको आफू अभिभावक समेत रहेको जनाउँदै शैक्षिक सुधार र प्रगतिका लागि सबैको हातेमालो हुन जरुरी रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्