
ओपनर प्रियाङ्क पान्चालको विस्फोटक अर्धशतकसहितको ९० रनको शानदार इन्ङ्समा आधारित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजका लागि १६७ रनको बलियो लक्ष्य तयार पारेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १६६ रन जोड्यो। कर्णालीका लागि पान्चालले ४८ बलमा सात चौका र छ छक्काको प्रहार गर्दै उत्कृष्ट ९० रन बनाए। उनले सुरुआतदेखि अन्तिमसम्म इनिङ्सलाई सम्भाल्दै टिमलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याए। पवन सर्राफले अविजित २७ रन जोडे भने अर्का ओपनर म्याक्स ओ’डाउडले २० तथा मार्क वाटले १६ रन थपे।
बलिङतर्फ चितवन राइनोजका सैफ जइव, रवि बोपरा र सोहिल तान्भिरले एक–एक विकेट हात पारे। कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याउन चितवन राइनोज मैदान उत्रँदै छ।
प्रतिक्रिया दिनुहोस्