२०८३ वैशाख ६ , आइतबार

सुर्खेतमा पनि मनाइयाे राष्ट्रिय कर दिवस



सुर्खेत। “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूल नारासहित राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा सुर्खेतमा करदाता सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। सुर्खेत उद्योग संघको समन्वयमा आन्तरिक राजस्व कार्यालय सुर्खेतले आयोजना गरेको उक्त कार्यक्रममा उत्कृष्ट करदाताहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्कालगायत विभिन्न उद्योग–व्यवसायी, करदाता, सरोकारवाला तथा सरकाऱी प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

समारोहमा वक्ताहरूले कर प्रणालीलाई देश विकासको आधार र नलगानी प्रवर्द्धनको प्रमुख सूचक भएको बताउँदै पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री कर प्रशासन आवश्यक रहेकोमा जोड दिए।
उत्कृष्ट करदाता सम्मानले उद्योग–व्यवसायीलाई थप उत्तरदायी, पारदर्शी र नियमित कर दाताको रूपमा प्रोत्साहित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

राष्ट्रिय कर दिवसले करप्रति नागरिकको बुझाइ बढाउने, कर प्रशासन र करदाताबीच विश्वास कायम गर्ने तथा समग्र आर्थिक प्रणालीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार