
सुर्खेत । नेकपा एमाले सुर्खेतले प्रतिगामी शक्ति र घटनाविहीन राजनीतिको दाबी गर्दै सोको विरुद्ध जनप्रदर्शन गरेको छ। जिल्लास्तरीय कमिटीको आयोजनामा प्रदर्शनसहितको विरोधसभामा सहभागीहरूले प्रतिगामी षड्यन्त्रको विरोध, विघटित प्रतिनिधिसभाको पुनर्स्थापना तथा भदौ २३ र २४ गतेका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका थिए ।
एमालेले आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न सरकारसँग जोडदार माग समेत राखेको छ ।

कार्यक्रममा सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले हाल देखिएका अस्थिर गतिविधिलाई ‘फोहोर मैला भित्रिएको जस्तै’ घटना भएको टिप्पणी गरे। उनले भने, “कांग्रेस र एमाले भेरी नदी जस्तै हुन्— जुन निरन्तर बगिरहन्छ। जति रगत बगाएको भए पनि तपाईंहरू अझै केटाकेटीकै जस्ता व्यवहार देखाउँदै हुनुहुन्छ ।”
मुख्यमन्त्री कँडेलले दलहरू नै स्थायी व्यवस्थाका आधार हुने भन्दै समाज चलाउने र देश विकास गर्ने कार्य दलीय प्रणालीबाटै सम्भव हुने स्पष्ट पारे । हाल देशभर पार्टी दर्ताको लहर चलिरहेको उल्लेख गर्दै उनले पेन्सन र मोडेलको सक्रियता बढेको विषयलाई पनि कटाक्ष गरे ।
प्रदर्शनमा जिल्ला नेतृत्वदेखि तल्लो संरचनासम्मका कार्यकर्ता, जनसमुदाय र साझेदार संगठनहरूको उल्लेखनीय उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्