
सुर्खेत । हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतको सातौँ वार्षिक साधारणसभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । साधारणसभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति गठन गरेको छ। सभाबाट लोकप्रसाद ढकाल अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा रमा कँडेल, सचिवमा धनाकुमारी जि.सी. (शाही), कोषाध्यक्षमा चौहानसिंह राना र सहसचिवमा घनश्याम कँडेल चयन भएका छन् ।
यस्तै सदस्यहरूमा अकबर खान, टीका कँडेल (थानी), विष्णुकुमारी भट्टराई तथा विनाकुमारी हमाल निर्वाचित भएका छन् ।
लेखा सुपरिवेक्षण समितिमा संयोजक लोकप्रसाद ढकाल (लक्ष्मण) चयन भएका छन् भने सदस्यहरूमा सूर्यकुमारी तिवारी र बासना सापकोटा रहनुभएको छ ।
प्रकाशित मिति : २०८२ कात्तिक २९ गते शनिबार
प्रतिक्रिया दिनुहोस्