२०८३ भदौ २९ , सोमबार
किसानका कुरा

कर्णालीका दुई सय मौरीपालकलाई व्यवसायिक तालिम



सुर्खेत । कर्णाली प्रदेशका दुई सय बढी मौरीपालिक किसानलाई व्यवसायिक तालिम दिइएको छ । मौरीपालकलाई व्यवसायिक योजना निर्माण, भावी योजना, लगानी, प्रतिफल तथा नाफा–नोक्सानको विश्लेषण गर्ने क्षमता विकास गर्ने उद्देश्यले नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेश तालिम दिएको हो । तालिममा सुर्खेतसहित जाजरकोट र दैलेखका गरी २ सय १३ जना युवाहरु सहभागी थिए ।
सहभागीहरुलाई मह उत्पादनमा लाग्ने लागत, बजारमा मूल्य निर्धारणको आधार र लागत अनुसार वस्तुको मूल्य तोक्ने सीप सिकाइएको महासंघका कर्णाली प्रदेश संयोजक खगेन्द्र भण्डारीले जानकारी दिए ।
सहभागीलाई मौरी वीमा, उद्यमशिलता विकास र व्यवसायिक योजना निर्माणबारे व्यावहारिक ज्ञान दिइएको छ । महासंघले कर्णालीका एक हजार मौरी गोलाको वीमा गर्ने योजना समेत बताएको छ । मौरी व्यवसायमा उत्पन्न हुने जोखीम कम गर्न र दीर्घकालीन संरक्षणमा टेवा पु¥याउने उद्देश्यले मौरी घारको वीमा गर्नुपर्ने संयोजक भण्डारीले बताए । तीन दिनसम्म चलेको तालिम हेल्भेटास नेपालको इन इलम परियोजनाको सहयोगमा सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार