२०८३ वैशाख ६ , आइतबार

कर्णाली याक्समा कोल्सावाकाे निरन्तरता 



सुर्खेत । कर्णाली याक्सले दोस्रो सिजनको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)का लागि जयकिशन कोल्सावालालाई निरन्तरता दिएको छ।

गत सिजन पनि कर्णालीमा नै रहेका उनलाई टोलीले यसपटक पनि निरन्तरता दिएको हो।

कर्णालीले यसअघि भारतीय प्रियाङ्क किरित पन्चाललाई टोलीमा अनुबन्ध गरिसकेको छ। अस्ट्रेलियाका विलियम बासिस्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउड पहिलोपटक कर्णाली याक्सबाट एनपीएल खेल्दै छन्। ।

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार