
सुर्खेत । सुर्खेतको काँक्रेविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएकाे छ । मकवानपुरको हेटौंडास्थित गौरिटार रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिगमा उदयपुरको गाईघाट फुटबल क्लबलाई ५-३ गोलले हराउँदै काँक्रेविहार राष्ट्रिय लिगका लागि छनाैट भएको हाे। काँक्रेविहारका लागि अनिष घर्ती घर्ती क्षेत्रीले ह्याट्रिक क गरे। उनले खेलको ६९, ८९ र ९१ औं मिनेटमा गोल गरे। यस्तै अनिष चापागाईंले १७ औं र गणेश पुलामीले ५३ औं मिनेटमा गोल गरे।
गाईघाटका लागि दिवसले १४ औं, पविन राईले २९ औं मिनेटमा र ८१ औं मिनेटमा गोल गरे। गाईघाटका गणेश पुलामी प्लेयर अफ दि म्याच घोषित भए। सेमिफाइनल कात्तिक ३० गते र फाइनल मंसिर २ गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ
प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्