२०८३ वैशाख ५ , शनिबार

कर्णाली याक्समा भारतीय क्रिकेटर प्रियाङ्क अनुबन्धित



सुर्खेत  । नेपाल (नेपाल प्रिमियर लिग) क्रिकेट टिम कर्णाली याक्सले यस सिजनका लागि भारतीय अनुभवी क्रिकेटर प्रियाङ्क पाञ्चाललाई टिममा अनुबन्ध गरेको छ। भारतीय ‘ए’ टिमको कप्तानी गरेका पाञ्चालले राष्ट्रिय टिममा स्थान बनाए पनि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने अवसर भने पाएका थिएनन्। यसै वर्ष खेलकुदबाट अवकाश घोषणा गरेका उनले केही महिना अघि हङ्कङ् सुपर सिक्सेजमा भारतको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका थिए।कर्णाली याक्सले यसपटक टिमलाई बलियो बनाउने उद्देश्यसहित पाञ्चाललाई शीर्ष क्रमका बलरहरूसँग सामना गर्न सक्ने अनुभवी ओपनरको रूपमा भित्र्याएको जनाएको छ। पाञ्चालको आएपछि याक्सको शीर्ष क्रम मजबुत हुने र स्थिरता आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार