सुर्खेत । कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले “प्रहरी युनिटसँग प्रहरी अस्पताल” कार्यक्रमको पहिलो चरण सुरु गरेको छ।
कार्यक्रमको शुभारम्भ सोमबार बिहान कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा गण प्रमुख प्रहरी उपरीक्षक प्रेम सागर के.सी.को प्रमुख आतिथ्यमा गरिएको हो।
अस्पताल प्रमुख डा. श्याम कृष्ण लौडारीको नेतृत्वमा रहेको ६ सदस्यीय स्वास्थ्य टोलीले गणमा कार्यरत प्रहरीहरूलाई स्वास्थ्य परीक्षण र बिएमआई जाँच गरेको थियो।
स्वास्थ्य परीक्षणमा ३८ जना महिला र १९१ जना पुरुष गरी २२९ जना प्रहरी कर्मचारी सहभागी भएका थिए।
कार्यक्रमका क्रममा डा. लौडारीले प्रहरीहरूलाई स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित खानपानमा ध्यान दिन, मादक पदार्थ र सुर्तीजन्य वस्तुबाट टाढा रहन तथा मानसिक तनाव नियन्त्रणमा राख्न सुझाव दिएका थिए।

अस्पतालका अनुसार, सुर्खेत उपत्यकाभित्रका अन्य प्रहरी युनिटहरूमा पनि क्रमशः स्वास्थ्य परीक्षण र परामर्श कार्यक्रम सञ्चालन गरिनेछ।
प्रतिक्रिया दिनुहोस्