सुर्खेत । कलाकार समेत रहेका निजामती क्षेत्रका कुसल प्रशाशक उत्तम शर्माद्वारा विद्यालयमा अक्षयकोष स्थापना लोकदोहोरी तथा झ्याउरे नृत्यका चर्चित कलाकार उत्तम शर्माले आफूले पाएको युवा तथा राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ बाट प्राप्त एक लाख रुपैयाँ ‘पुष्पानारायण छात्रवृत्ति अक्षयकोष’ स्थापनामा खर्च गरेका छन्।
वीरेन्द्रनगर–१ बांगेसिमलस्थित सरस्वती प्राथमिक विद्यालयमा स्थापना गरिएको सो कोष शर्माका बुवा–आमा पुष्पा र नारायण शर्माको नाममा राखिएको हो।
शर्माले विद्यालय अध्यक्ष भूमिसरा श्रेष्ठलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे। कार्यक्रममा वडा अध्यक्ष दिनेश खत्री, विद्यालय प्रमुख सुर्वणदेव गिरीलगायतको उपस्थिति थियो।
अक्षयकोषबाट प्राप्त ब्याज विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिनेछ। शर्मा आगामी वर्षमा कोष विस्तार गर्ने योजना पनि राख्छन्।
प्रतिक्रिया दिनुहोस्