२०८३ वैशाख ६ , आइतबार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै प्रदेश सरकार



सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप सुदृढ र एकरूप बनाउन मङ्गलबार र बुधबार वीरेन्द्रनगरमा दुईदिने भेला आयोजना गर्ने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा हुने भेलामा प्रदेश र स्थानीय तहबीचको समन्वय, सेवा प्रवाह, योजना छनोट अभ्यास, कार्यविधि, राजस्व बाँडफाँट र कर्मचारी व्यवस्थापनबारे छलफल हुने कार्यालयका सचिव लक्ष्मीकुमार विकले जानकारी दिनुभयो।
उनका अनुसार संविधानले निर्दिष्ट गरेको सहकारिता, सहअस्तित्व र समन्वयको भावनाअनुसार दुई तहबीच देखिएका समस्या समाधानका उपाय खोज्ने उद्देश्यले भेला आयोजना गरिएको हो।
कार्यक्रममा नगरप्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा १० वटै जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुखहरूको सहभागिता रहनेछ ।

प्रकाशित मिति : २०८२ कात्तिक २४ गते सोमबार