
सुर्खेत । वीरेन्द्रनगरमा शनिबार ह्विलचियर वाक सम्पन्न भएको छ । स्पानल इञ्जुरी संघ सुर्खेतले आयाेवना गरेकाे ह्विलचियर वाक भएको हाे । सेभ द चिल्ड्रेन नेपालको सिफ्ट अभियान अन्तर्गत विद्यालयहरुमा ह्विलचियर बास्केटबल प्रदर्शन गर्दै अपाङ्गता अधिकारको बारेमा पैरवी गर्दै आइरहेको छ।

“पांग्राको उडान” नाम दिइएको उक्त अभियानकै क्रममा शनिबार सुर्खेत उद्योग वाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिका, जिल्ला ट्राफिक प्रहरी, वीरेनद्रनगर नगपालिका वडा नं ६ लगायतका निकाय र संघसंस्थासंघको सहकार्यमा ह्विलचियर वाक कार्यक्रम सम्पन् गरिएको हो। कार्यक्रममा सहभागीहरुले वीरेन्द्रनगर-६ बजार क्षेत्रमा रहेको पिपल चौतारादेखि नेताचौकसम्म ह्विलचियर प्रयोगकर्ताहरु र सरोकारवालाहरु पैदल र ह्विलचियरमा यात्रा गरेका थिए। त्यसक्रमा वीरेन्द्रनगर बजार क्षेत्रमा रहेको सडक र सडकपेटीको पहुँचयुक्तताको अवलोकन र निरिक्षण गरिएको थियो।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्का, महासचिव रामप्रसाद जैसी (राजु), वीरेन्द्रनगर-६ का वडाध्यक्ष जनक बहादुर रावल, जिल्ला ट्राफिक प्रहरी प्रमुख रोहित कुमार शाही, वीरेन्द्रनगर नगरपालिकाका इञ्जिनियर सेभ द चिल्ड्रेन नेपालका मिडिया तथा सञ्चार कोअर्डिनेटर दुर्गाप्रसाद तिवारी, पारा ओलम्पिक कर्णाली प्रदेश कमिटीका अध्यक्ष किरण किशोर सापकोटा लगायत विविध सरोकारवालाको उपस्थिति रहेको थियो।
ह्विलचियर वाकका क्रममा साँघुरा तथा अव्यवस्थित रुपमा निर्माणसामग्री थुप्राइएका कारण अवरुद्ध भएका सडकपेटी, सडकबाट सडकपेटीसम्म जाने अग्ला स्थानहरुमा र्याम्पको अभाव, सडकपेटीमा दृष्टीविहिन व्यक्तिहरुका लागी “टेक्टाइल टाइल”को अभाव र त्यसले अपाङ्गता भएका व्यक्तिहरुलाई पार्ने प्रभावको अवलोकन गरियो।
ह्विलचियर प्रयोगकर्ताहरु आयोजक स्पाइनल इञ्जुरी संघका पदाधिकारीहरु अध्यक्ष मदन कार्की, विष्णुकुमारी शाही, सचिव मदन कार्की, सल्लाहकार दिव्यराज खड्का लगायतले साँघुरा सडकपेटीले ह्विलचियर गुडाएर वीरेनद्रनगर बजार क्षेत्रका सडकहरु पहुँचयुक्त नरहेको देखाएका थिए।
प्रतिक्रिया दिनुहोस्