२०८३ वैशाख ५ , शनिबार

जनमुखीकाे भेरीगंगा इकाईकाे साधारणसभा



सुर्खेत । जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था लि. वीरेन्द्रनगर, सुर्खेत अन्तर्गत भेरीगंगा शाखाको इकाई साधारणसभा सम्पन्न भएको छ।
सभामा सहकारीका पदाधिकारी, सदस्य, अतिथि तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहकारीको विगत वर्षको आर्थिक, सामाजिक तथा संस्थागत प्रगतिका विषयमा समीक्षा गरिएको र आगामी वर्षका योजनाहरू प्रस्तुत गरिएको संस्थाका अध्यक्ष मधुवन विसीले जानकारी दिए ।
सहकारीले कृषक तथा सदस्यहरूलाई उत्पादनमुखी, आत्मनिर्भर र आर्थिक रूपले सशक्त बनाउन योगदान दिँदै आएको जनाएको छ।
साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग र सहभागिता जनाउने सबै सदस्य, अतिथि तथा शुभेच्छुकप्रति सहकारीले हार्दिक धन्यवाद र कृतज्ञता प्रकट गरेको छ।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार