२०८३ भदौ ३० , मंगलबार

लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतकाे अध्यक्षमा गिरी



सुर्खेत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मातहतको जिल्ला शाखा सुर्खेतले आफ्नो २३ औं वार्षिक साधारण सभा तथा ९ औं जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

कार्यक्रमबाट नयाँ कार्यसमिति चयन गरिएको छ। नव–निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा कबिराज गिरी, प्रथम उपाध्यक्षमा पवन योगी, द्वितीय उपाध्यक्षमा रमेश शाही, महिला अध्यक्षमा लक्ष्मी गिरी, सचिवमा रोशन राना, सह–सचिवमा भरत शाही, कोषाध्यक्षमा पवन बुढा, प्रवक्तामा लक्ष्मी लामिछाने, र सदस्यहरूमा भुवन खराल, यामु मगर र गणेश बिष्ट चयन भएका छन्।
नव–निर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै वक्ताहरूले सुर्खेतको लोक तथा दोहोरी क्षेत्रको संरक्षण, प्रवर्द्धन र कलाकारहरूको हकहितका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय प्रतिनिधि, प्रदेशका कलाकार, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार